नियम १९
आवागमनमा प्रतिबन्ध
होटल, लज वा तोकिएको स्थानमा बाहेक संरक्षकको लिखित अनुमति बिना साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म कसैले निकुञ्जभित्र पस्न वा हिंडडुल गर्न वा याक वा खच्चड लगायतका कुनै पनि किसिमको सवारी हिंडाउन हुँदैन ।
तर स्थानीय व्यक्ति वा निकुञ्ज भएर मात्र पुग्न सकिने गाँउको व्यक्तिलाई निकुञ्जको बाटो भएर आवात जावत गर्न वा सरकारी कर्मचारीले आफ्नो काम काजको सिलसिलामा कुनै पनि समयमा निकुञ्जभित्र प्रवेश गर्न वाधा पर्ने छैन ।